s

साउदीमा कोरोना भाइरस बढ्दो, नियम उल्लंघन गर्नेलाई १ लाख रियलसम्म जरिवाना

विष्णु घिमिरे

साउदी : साउदी अरेबियामा कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सावधानीका उपायहरू पुन: लागू गरेको छ। बिहीबारदेखि लागू हुने गरी व्यावसायिक केन्द्र, बजार , मल, रेस्टुरेन्ट र क्याफेहरूको लागि स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा हुनुपर्ने, सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनेलगायतका नियम लागू गरेको छ।

कोरोना भाइरस नियन्त्रणविरूद्धको नियम उल्लंघन  गरे १ लाख रियलसम्म जरिवाना हुनेछ मास्क नलगाउने, सामाजिक दुरी कायम नराख्ने व्यक्तिलाई सुरूमा १ हजार रियाल जरिवाना हुने र जरिवाना उल्लंघन  दोहोरिने सँग दोब्बर हुनेछ भने पुन दोहोर्‍याएको खण्डमा १ लाख रियलसम्म जरिवाना  हुनेछ। 

सरकारले विभिन्न क्षेत्रमा उपायहरू पुन : लागू गरेको २४ घण्टा भित्रमा कोरोना भाइरस सावधानीका उपायहरू र रोकथाम प्रोटोकलहरूको कुल ४ हजार १ सय ५९ उल्लंघन हरू पत्ता लगाएका छन्।

कोरोना भाइरस संक्रमित संख्या बढेसँगै नेपाली दुतावास रियाद र वाणिज्य दूतावास जेद्धाले कार्यरत नेपालीलाई साउदी सरकारले लगाएको कोरोना रोकथामको नियमको पालना गर्न आग्रह समेत गरेका छन्। हालसम्म  साउदीमा ५ लाख ५६ हजार २ सय ३६ जना संक्रमित, ८ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने ५ लाख ४१ हजार ८ सय ५३ जना निको भएका छन् ।

Published on: 3 January 2021 | Annapurna Post

Link

Back to list

;