s

साउदीमा 'बन्धक’ नेपाली

मोरङ खोर्सानी- २ का वृद्ध विष्णुप्रसाद ढुंगेल साउदीमा चार महिनादेखिअलपत्र माहिलो छोरा होमनाथको उद्धारका लागि पहल गरिदिन नधाएको कुनै ठाउँबाँकी छैन ।

निर्वाचन क्षेत्रका सभासददेखि परराष्ट्र मन्त्रीसम्मको ढोकाउनले ढकढकाए । जिल्ला पुग्ने हरेक नेतालाई बिन्ती बिसाए । छोरालाई पठाउनेम्यानपावर कम्पनीले कुरासमेत सुन्न मानेन । वैदेशिक रोजगार विभागमा उजुरीदर्ता गरेको पनि महिनौं बित्यो । तर विष्णुप्रसादको वेदना सुन्नसम्म कोहीतयार भएनन् । साउदीमा अलपत्र होमनाथले पनि आफ्नो पीडा यसरी सुनाए-'चिनजानको एजेन्ट जय खपाङ्गीमार्फत काठमाडौंको प्याराडाइज म्यानपावरबाटसाउदी आएको २१ महिना बित्यो । साउदीको दोस्रो सहर जेद्दाको नजलास्थितअल्बातल कम्पनीमा क्लिनरको काम गर्न आएको हुँ । महिनाको तलब, ओभरटाइम गरीहजार साउदी रियाल -२० हजार रुपैयाँ) भनेकाले म्यानपावर कम्पनीलाई एक लाखबुझाएँ । तर कम्पनीबाट तलब नपाएको ८ महिना बढी भइसक्यो । सँगै आएकाविराटनगरका आमोदकुमार कार्की, गौरादहका खेमराज कार्की, खोटङका भूमिराजकटुवाल अलपत्र छौं ।

तलब नपाएपछि कैयौं रात पानी मात्रै पिएर कटाएका छौं । एकपल्ट चार दिनसम्मभोकै बस्नुपर्‍यो । कम्पनी म्यानेजरलाई कुरा राख्दा मालिकलाई देखाइदिन्छन् ।मालिकसँग अहिलेसम्म देखभेट भएको छैन । म्यानेजरका अनुसार ऊ सम्पर्कविहीन छ। अति भएपछि यहाँको श्रम अदालतमा निवेदन दियौं । यो तातो गर्मीमा लेबरकोटनधोएको दिनै छैन । श्रम अदालतबाट पनि सुनुवाइ भएन । उल्टै मालिक नआएकोभन्दै हामीसँग झर्किन्छन्् । अहिले त अदालतका अधिकारीहरू तिमीहरू बाहिर जा, अब नआइजा भनेर लेखेट्छन् । यो बिरानो मुलुकमा कता जाने ? कसलाई भन्ने ?

नेपालको दूतावास धेरै टाढा रियादमा छ, पुग्न सक्ने अवस्था छैन । त्यहाँकाअधिकारीसँग पटक-पटक फोनवार्ता भएको छ । त्यताबाट फोनमा 'हुन्छ' भन्नेबाहेकअरू जवाफ पाइन्न । हाम्रो स्थिति दिन प्रतिदिन नाजुक बन्दै छ । चारमहिनादेखि खानका लागि घरबाटै पैसा मागिरहेका छौं । आउँदाको एक लाख ऋणकोब्याजसमेत तिर्न नसकिरहेका बेला कमाउन आएका हामी उल्टै खानका लागि घरकै भरपर्नुपरेको छ ।

फुत्त साउदीबाट हिँडौं त मालिकले जाने भिसा दिनुपर्छ । आफैं आउन मिल्ने भएटिकट काटेर आउने थियौं । फेरि हाम्रो अक्कामा -परिचयपत्र) बनेको छैन ।हामी बन्धकजस्तो अवस्थामा छौं । त्यो बिनाहिँडडुल गर्दा प्रहरीले समातेरजाकिदिन्छ । कम्पनी छाडेर भागौं त 'भगौडा कामदार' को सूचीमा परिन्छ । जसलेगर्दा ८ महिनाको पसिनालाई माया मार्नुपर्छ । जुन हामी सक्तैनौं । फेरिभाग्नु भनेको अनिश्चित जेल बसेर फिर्ता हुनु हो । यो अर्को जोखिमपूर्ण कामहो । सीधै प्रहरी कार्यालय जाँदा कम्पनीमा जाऊ भन्दै लखेट्छन् । भागेकालाईपनि प्रहरीले समात्दैन । दलाललाई दुई/तीन हजार रियाल -४० देखि ६० हजाररुपैयाँ) घूस दिनुपर्छ । यो हाम्रो क्षमताभन्दा बाहिरको कुरो हो ।कम्पनीसँगको करार सकिएको एक महिना बित्यो । अहिले हाम्रो अगाडि रुनु रबिलौना गर्नुबाहेक कुनै विकल्प छैन । यस्तो अवस्थामा हामीलाई स्वदेशफर्काइदिन सबैलाई अनुरोध गर्दछौं । हामीले गरेको मेहनतको फल -तलब) र घर आउनपाए ठूलो गुन लाग्ने थियो ।'

Published on: 8 April 2012 | Kantipur

Back to list

;