s

साउदीमा अलपत्र परेका नेपालीको उद्धारका लागि २ लाख ७५ हजार रुपैयाँ सयोग

साउदी : साउदीमा अलपत्र परेका नेपालीको उद्धारका लागि २ लाख ७५ हजार रुपैयाँ सहयोग जुटेको छ। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा पुगेर अलपत्र परेका दुर्गाबहादुर सुनारको उद्धारका लागि साउदी एनआरएन आरसीसी जेद्दाले २ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो।

अलपत्र परेका सुनारलाई उद्धारका लागि नेपाली वाणिज्य दूतावास जेद्दाले आर्थिक सहयोगको लागि अपिल गरे अनुसार सो रकम वाणिज्यदूत शत्रुधन पोखरेललाई हस्तान्तरण गरेको छ।

सुनार वैदेशिक रोजगारीका सिलसिलामा सन् २०१६ मा साउदी पुगेका थिए। कम्पनीले चालकको काम दिए लगतै बिना लाइसेन्स काम गर्दा सडक दुर्घटनामा अर्को गाडी ठोकिँदा सुनारलाई साउदी निकायले निजको गल्ती रहेको ठहराउँदै ६५ हजार साउदी रियलको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने गरी फैसला सुनाइएको थियो।

दूतावासका अनुसार थप रकम चाडै संकलन गरी सुनारलाई स्वदेश फिर्ताको प्रक्रिया अगाडि बढाउने जानकारी वाणिज्यदूत पोखरेलले बताए। उनले थप आर्थिक सहयोगका लागि ००९६६५३५१५०४०७ मा सम्पर्क गर्न समेत आग्रह समेत गरे।

Published on: 17 August 2023 | Annapurna Post

Link

Back to list

;