s

साउदीमा ६१८ जना नेपालीलाई स्वदेश फर्कन अनुमति

गोरखापत्र अनलाइन

काठमाडौँ भदौ,५ गते । साउदी स्थित नेपाली राजदूतावासमा बहिर्गमन भिसाको लागि आवेदन दिएका मध्ये ६१८ जना नेपालीको नाम सार्वजनिक भएको छ । दूतावासले एक सूचना जारी गर्दै यस अघि ४९८ जनाको नाम सार्वजनिक गरेकोमा हिजो थप १२० जनाको सार्वजनिक गरेको हो ।

साउदीका विभिन्न कम्पनी, प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन नपाएका नेपालीलाई नेपाल फर्कन बाटो खुलेको छ ।

समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा सहज र छिटो बनाउनको लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको थियो ।

साथै उक्त अनुरोध र पहल पछि बहिर्गमन भिसा प्राप्त भएको दूतावासले बताएको छ ।

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल फर्किन सकने छन् ।।

Published on: 21 August 2020 | Gorkhapatra

Link

Back to list

;