s

साउदीमा ६० शव अलपत्र, महामारीयता ६१ हजार ७१० नेपालीको उद्धार

साउदीस्थित नेपाली राजदूतावासले साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको जनाएको छ।

साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतले ती शव नेपाल पठाउने प्रक्रियामा रहेका बताएका छन्।हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय नेपालीहरूको शव नेपाल ल्याइसकिएको छ।

६१ हजार ७१० को उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ।

हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरूको संयुक्त पहलमा हालसम्म ३० देशबाट ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ।

Published on: 13 September 2020 | Setopati

Link

Back to list

;