s

साउदीको ताबुकमा राहदानी शिविर

काठमाडौँ — साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले राजधानी रियादबाट १३ सय किलोमिटर टाढा रहेको ताबुकमा आयोजित राहदानी शिविरबाट ३ सय ९१ जनाको विद्युतीय राहदानीको फाराम संकलन गरेको छ ।

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, ताबुकको संयोजकत्वमा महावाणिज्यदूतको कार्यालयले राहदानी शिविर गर्न टोली खटाएको हो । ‘ताबुकबाट रियाद वा जेद्दा जान/आउन निकै कठिन थियो । श्रमिकलाई बिदा पाइदैन्थ्यो । यहाँ नै शिविर भएपछि हाम्रो समय मात्रै होइन रकम पनि बचत भएको छ,’ एनआरएन, ताबुकका अध्यक्ष नरबहादुर खतिवडाले भने ।

महावाणिज्यदूतको कार्यालयले श्रम सहचारी सहचारी तमराज काफ्लेको नेतृत्वमा टोली खटाएको हो । राहदानी शिविरमा फाराम बुझाउनका लागि ताबुक क्षेत्रको दुबा, हाकल, सरमा, अलवज, आरार, ताइमाबाट श्रमिकहरू पुगेका थिए ।

एकदिने शिविर भएपनि श्रमिकहरुको चाप बढेपछि दुई दिन पुर्‍याइएको थियो । यसैबीच गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकको ९औं वार्षिकोत्सवसमेत मनाइएको छ ।

Published on: 18 August 2023 | Kantipur

Link

Back to list

;