s

साउदीको जेलमा रहेका राना र घर्तीको उद्दार गर्न अपिल

उपराष्ट्रपति नन्दबहादुर पनका छोरा दीपेश पुनले ब्लड मनिको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार राना र रोल्पाका दिलबहादुर घर्तीको उद्दारमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
 
रिपोर्टर्स क्लबमा दिलबहादुर घर्ती र कुमार राना उदार अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुमार राना र दिलबहादुरलाई सकुशल नेपाल ल्याउने आश्वासन दिएका हुन् ।
 
‘कुमार राना र दिलबहादुर दाईको परिवार ढुक्क हुनुस् म उहाँहरुको उद्दारमा लागि सकेको छु, केही समय पर्खिनुस् हाम्रो अभियानले सार्थकता पाउने छ र तपाईका श्रीमान तपाईलाई हस्तान्तरण गर्नेछौं’ उनले भने ।
 
कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष नवीन घर्तीमगरले नेपालीहरुले विदेशका जेलमा जीवन बिताइरहेका आफन्तलाई स्वदेश फिर्ता गर्ने कुरामा साथ दिने आशा रहेको बताए ।
 
गत असोज १० गतेदेखि साउदीको जेलमा रहेका कुमार रानाको श्रीमती अम्बिका रानाले आफ्नो श्रीमानलाई बचाउनको लागि आग्रह गरेकी छन् ।
 
२ वर्षदेखि जेलमा रहेका दिलबहादुर घर्तीकी श्रीमती मोनिका बुढाले साउदीको चिसो छिडिमा रहेका श्रीमानको उद्दार गर्नमा साथ दिनको लागि आग्रह गरेकी छन् ।
 
रानाको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेहरुले प्रभु बैंक कलंकी शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३९ ०१००१००६५६९०००००१ मा पनि रकम जम्मा गर्न सक्नेछन् ।
 
दिलबहादुर घर्तीको लागि सहयोग गर्नेले नेपाल राष्ट्रिय बाणिज्य बैंक बालाजु शाखामा रहेको ११९००२८६०७१० मा सहयोग गर्न सकिने अभियानका सचिव जीवन रोका मगरले जानकारी दिएका छन् ।
 
Published on: 10 May 2018 | Onlinekhabar

Back to list

;