s

साउदीको कम्पनीले श्रमिकको पारिश्रमिक लिन बोलायो

काठमाडौँ, माघ ११ गते । विश्वव्यापी कोभिड–१९ का कारण बन्द भएका साउदी अरबको रोजगारदाता कम्पनीले नेपाली श्रमिकको बाँकी पारिश्रमिकबापतको रकम लिन बोलाएका छन् ।

साउदी अरबस्थित साउदी कन्सिच्युसन कम्पनी (एससिडिसी) नामक रोजगारदाता कम्पनीमा कार्यरत नेपाली श्रमिक कोभिड–१९ मा घर फर्किएका आठ जना नेपाली श्रमिक पुनः काममा नफर्किएको भन्दै अहिले बाँकी पारिश्रमिकबापतको रकम दिन बोलाएको हो ।

सो कम्पनीले साउदीमा रहेको नेपाली दूतावासमार्फत बाँकी रहेको पारिश्रमिकबापतको रकम लिनका लागि सम्र्पकमा आउन आह्वान गरेको छ । सो कम्पनीले ती श्रमिकलाई सम्पर्क गर्न खोजेको तर केही पत्ता नलागेपछि साउदीमा रहेको नेपाली दूतावासलाई आग्रह गरेको जनाएको छ । नेपाली श्रमिकले दूतावासले सार्वजनिक गरेको लिङ्क प्रयोग गरी यथाशीघ्र आवश्यक विवरण भरी बुझाउन सकिने व्यवस्था गरेको छ ।

सञ्जयकुमार यादव, सिराहा, सुरेशकुमार साह सिराहा, बाबुराम केवाट नवलपरासी, प्रकाश गिरी खोटाङ, देवबहादुर श्रेष्ठ उदयपुर, वेगबहादुर रानामगर सुनसरी, भीप्रसाद दाहाल तेह्रथुम बुद्धमुखिया मल्ल सिराहा रहनुभएको छ ।

Published on: 25 January 2024 | Gorkhapatra

Link

Back to list

;