s

साउदीबाट १५४ नेपाली फिर्ता हुने

विष्णु घिमिरे

 

साउदी : कोरोना भाइरसको प्रभावबाट साउदी अरेबियामा अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने भएका छन्। जसको लागि पहिलो चार्टर उडान १८ जुनको दमाम शहरबाट  हुने भएको छ। एच ९५६०२ को  हिमालयन एरलाईनसद्वारा १५४ जना  स्वदेश फिर्ता हुने भएका छन्।

दुतावासको अनुसार उडान सबै छनौटका आधारमा गरिएको छ। जसमा फाईनल जान तयार रहेका, बिरामी परेका,  गर्भवती महिला, आदी विविध कारण भएका यात्रु रहेको छन् भने नेपाली  दुतावास  रियाद र महावाणिज्य दुतावास  जेद्धाले उडान तयारीका लागी  ११६४ जनाको  नामावली सार्वजनिक  गरेका छन्।

अर्को उडान नेपाल एरलाइन्सद्वारा  रियाद शहरबाट २१ जुनमा हुने भएको छ। जसमा २६४ जना यात्रु  रहनेछन भने जेद्धा शहर लगायत अन्य शहरबाट पनि उडानको तयारी  रहेको तर उडान मिति भने तय भएको छैन्। साथै यो भन्दा पहिले १५ जुनको उडान हुने जानकारी भएता पनि सरकारले तोकेको  हवाई टिकटको मुल्य र बिबिध कारणले उडान रद्ध भएको थियो।

चर्को दबाबसँगै पछिल्लो पटक सरकारले निर्धारण गरेको हवाई टिकटको मुल्य साउदी अरेवियाबाट एकतर्फी  नेपाल जानको लागि  नेपाली ५२ हजारदेखि ७० हजार  रूपैयाँसम्म रहेको छ। हालसम्म साउदी अरेबियामा कोरोना भाइरसको संक्रमणबाट १,४१,२३४ संक्रमित हुनुको साथै ९१,६६२  जना निको भएका छन् भने १०९१  को मृत्यु भएको छ।

Published on: 18 June 2020 | Annapurna Post

Link

Back to list

;