s

साउदीबाट फर्किए ६ हजार ७ सय नेपाली

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड-१९ को प्रभाव र अन्य कारणले अलपत्र परेका ६ हजार ७ सय ३३  जना नेपाली चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन्। त्यस्तै ६९ जनाको शव पनि पठाइएको छ।

दुतावासको अनुसार कोरोना भाइरसको प्रभावबाट साउदीमा रहेका विभिन्न कम्पनी बन्द भइ स्वदेश फिर्ता हुने नेपालीको संख्या बढेको छ भने हालसम्म स्वदेश फिर्ता हुनको लागि अनलाइन तथा टेलिफोन सम्पर्क गरि ३२ हजार नेपालीले फारम भरेका छन्। नेपाली दूतावास रियादले साउदी अरेबियामा व्यवसायरत सबै इजाजतपत्रवाला म्यानपावर एजेन्सीहरूलाई आफूले साउदी अरेबिया पठाएका कामदारको रेखदेख गर्न, जिम्मेवारी बन्न साथै विभिन्न कारणबाट पीडित बनेका कामदारको रोजगार, सुविधा, समायोजन उद्धार साथै स्वदेश फिर्तिका लागि गम्भीर पहल गर्न अनुरोध गर्नुको साथै जिम्मेवारीका साथ कामदारको हकहितको लागि कार्य गर्न आव्हान गरेको छ।

कोरोना भाइरसको प्रभावबाट अलपत्र परेका ३४ जना नेपालीलाई मोरङ सुनसरी समाज साउदी अरेबियाले एक महिनाको लागि खाध्यान्न सहयोग गर्नुको साथै एनआरएन साउदीले खडा गरेको कोरोना सहायता कोषमा १ हजार साउदी रियल सहयोग गरेको छ भने साउदीमा रहेका विभिन्न सामाजिक संघसस्था, भातृसंगठन र सामाजिक व्यक्तित्वसँग समेत सहकार्य गदै आएको छ।

साउदीमा केही दिन यता कोरोना भाइरसबाट निको हुनेको संख्या उल्लेखनीय रूपमा बढ्दो छ। हालसम्म २ लाख ४७ हजार ८९ जना निको हुनुको साथै २ लाख ८४  हजार २ सय २६ संक्रमित भएका छन् भने ३ हजार ५५ को मृत्यु भएको छ। साउदी सरकारले राजधानी रियादमा हरित परियोजना सुरु गरेको छ। जसमा सडकका दुबै छेउमा वृक्षारोपण (रूख) रोपिने र विभिन्न सुबिधा दिने भएको छ।

Published on: 7 August 2020 | Annapurna Post

Link

Back to list

;