s

साउदीबाट घर फर्किए थानेश्वर

करिब ५ वर्षपछि साउदीको जेलबाट रिहा भएका नवलपरासीको मदननगरका थानेश्वर भुसाल घर फर्किएका छन् । परिबन्धका कारण साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल डेढ हप्ता अगाडि ब्लडमनी तिरेर रिहा भएका थिए ।
 
भुसाललाई जेलमुक्त गर्न प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ४५ लाख रुपैयाँ रकम संकलन गरेको थियो । सो रकम बुझाएर थानेश्वर जेलमुक्त भएपछि प्रक्रिया पूरा गरी शुक्रबार घर फर्किएका हुन् ।
 
थानेश्वरकी आमा यमकलाको रोदनसहितको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगी हातहरु सक्रिय भएका थिए । विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील पीएनसीसीको संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो ।
 
Published on: 8 June 2018 | Onlinekhabar

Back to list

;