s

साउदीबाट अलपत्र ८०९ नेपाली फर्कंदै

विष्णु घिमिरे

 

साउदी : साउदी अरेबियामा कोरोना भाइरसको प्रभावबाट अलपत्र परेका नेपाली हिमालयन एरलाइनस र नेपाल एरलाइनसको चार्टर उडान गरी स्वदेश फिर्ता भएका छन् । फिर्ता हुनेमा ८ सय ९ जना रहेका छन् ।

दुतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजारभन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताको लागि दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले तत्कालका लागि २ हजार ८ सय ७४ जनाको नामावली सार्वजनिक गरेको छ । लामो  समयदेखि  दुतावास सेल्टरमा रहेका  ४ जना  महिला पनि यात्रामा छन् । 

साउदी सरकारले अकामा नवीकरण  नगरेका ७४  जना  नेपालीका लागि  बहिगर्मन भीषासमेत जारी गरेको छ । जसका  कारण उनीहरू चाडै नै स्वदेश फिर्ता  हुने भएका छन् ।

कामको शिलशिलामा  मृत्यु भएका  १ सय २०  जना  नेपालीको  शव भने  साउदीमै रहेको  छ । दुतावासले यस सम्बन्धमा सम्बन्धित  निकायलाई जानकारी गराएको जानकारी दिएको छ ।

विदेशमा अलपत्र परेर महंगो टिकटको शुल्क र  उडानको समय चाहिने कोरोना टेस्ट रिपोटको लागि लगभग  नेपाली ६ हजार तिर्नु परेकोले फर्किने नेपाली निराश भएको बताउँछन् । उनीहरुले सरकारले सहयोग नगरेको गुनासो पोखेका छन्। पछिल्लोपटक सरकारले निर्धारण गरेको साउदीको रियाद  र जेद्धा  शहरबाट  एकतर्फी हवाई टिकटको मुल्य लगभग ६८ हजार  नेपाली रहेको छ ।

साउदी अरेबियाले २१ जुनदेखि पूर्ण रूपमा  कर्फ्यु  हटाएको छ तर  माक्स अनिवार्य रुपमा लगाउने , सामाजिक दुरी कायम  राख्ने  र ५०  जनाभन्दा  बढी भीड गर्न नपाइने जस्ता नियम  लागु गरेको छ । अन्तराष्ट्रिय उडानको लागि सरकारले  कुनै निर्णय लिएको  छैन  साथै घर बिदामा आएका कामदार कोरोना महामारीको  समाप्त नहुन्जेलसम्म  साउदी फर्किन  नपाउने  निर्णय गरेको छ। हालसम्म साउदीमा कोरोनाबाट १,६४,१४४ संक्रमित भएका छन् भने निको हुने संख्या  १,०९,८८५ रहेको छ।

Published on: 25 June 2020 | Annapurna Post

Link

Back to list

;