s

साउदीबाट १० लाख कामदार फर्किए

होम कार्की

साउदी अरबले ल्याएको आममाफी पछि १० लाख कामदार आआफ्नो देश फिरेका छन् । साउदीले ल्याएको गैरकानुनी कामदारको लागि आममाफीको समय आइतबारबाट सकिएको छ । साउदीले ५ अपि्रलबाट लागु हुनेगरी आममाफी दिएको थियो ।

आममाफीको अवसरमा नेपाल सहित बंगलादेश, फिलिपिन्स, भारत गरी १० लाख कामदार स्वदेश फिरेका छन् । साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले ३५ हजार नेपाली कामदार स्वदेश फिरेका् छन् । ७ हजार जतिले बैध भई साउदीमा काम गर्न पाउने मौका पाएका छन् । जसमा ३ सय महिला कामदार छन् । 

आममाफीले गैरकानुनी कामदारको सबै समस्या हल भएको राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई बताए । 'साउदीमा गैरकानुनी कामदारको अवस्था निकै डरलाग्दो थियो', उनले भने, 'अब स्थिति सुधार भएको छ । सबै किसिमको समस्या हल भएको छ ।' साउदीमा झन्डै ७० हजार नेपाली भागेको अवस्था भनिएको थियो । भागेर काम गर्ने स्वदेश र्फकनुपरेमा जेल जानुपथ्र्यो । 'बिरामी परेमा, हात खुट्टा भाँचिएमा र मृत्यु भएमा शव पठाउन हामीलाई ठूलो समस्या थियो', उनले भने, 'यसले गर्दा दूतावासको आधाभन्दा बढी समय गैरकानुनी कामदारको समस्या हेर्दै जान्थ्यो ।' आममाफीमा लाखौं आप्रवासी कामदारले राहत पाएको बताइएको छ । त्यसमध्ये १० लाख कामदारले साउदी छाडेको बताएको छ ।  अझै केहीको संख्यामा आममाफीको प्रक्रियामा रहेका कामदार बाँकी रहेको जनाएको छ । 'त्यस्तालाई स्वदेश फिर्नको लागि हामीले सहज बनाइदिएका छौं', राजदूत पाण्डेले भने, 'समस्या हुनेवाला छैन ।' 

धरपकड थाल्ने साउदीले सात महिनादेखि जारी राखेको आममाफीलाई नथप्ने संकेत दिएको छ । राजदूत पाण्डेका अनुसार ५ वटा देशले समय बढाउन अनुरोध गरेको थिए । त्यस बिषयमा परराष्ट्र मन्त्रालयले गृह र श्रम मन्त्रालयलाई कुटनीतिक प्रस्ताबबारे छलफलको लागि पठाएको छ ।

साउदी श्रम मन्त्रालयले ४ नोभेम्बरबाटै गैरकानुनी कामदारलाई पक्राउ गरी कारबाही गर्ने जनाएको छ । 'आममाफीलाई हामीले थपेका छैनौं,' श्रम मन्त्रालयका प्रवक्ता हातब अल इनजीले स्थानीय टेलिभिजनहरूलाई भनेका छन्, 'अब ४ नोभेम्बरबाट रेड गर्न सुरु गर्छौ ।'

साउदी श्रम मन्त्रालयले छापा मार्नको लागि तीन तह छुट्टाएको छ । उसले कामदारको वैधानिकताको हैसियत, श्रम कानुनको कार्यान्वयन र साउदी नागरिकलाई छुट्टाएको कोटा अनुसार रोजगार दिए नदिएको विषयमा छापा मार्न ठूलो संख्यामा श्रम निरीक्षिक खटाइएको श्रम प्रवक्ता इनजीले बताए ।

उनले कागजात भएर घर फिर्ने प्रक्रियामा रहेका कामदारलाई भने पक्राउ नगर्ने बताएको छ । राजदूत पाण्डेले त्यस्ता कामदारमाथि कस्तो कारबाही गर्ने भन्नेमा औपचारिक जानकारी आइनसके पनि गैरकानुनी कामदार राख्ने कम्पनीलाई कडा कारबाही गर्ने बताएको छ । 'गैरकानुनी कामदारलाई काम दिने कम्पनीलाई प्रतिकामदार दुई महिना जेलदेखि एक लाख साउदी मुद्रासम्म जरिवाना लगाउने भनेको छ,' उनले भने ।

यस्तो खालको प्रस्ताव साउदी सरकारसमक्ष नेपाली दूतावासले राखेको थियो । 'भाग्ने कामदारलाई काम लगाउने कम्पनीमाथि कारबाही थाल्नुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै प्रस्ताव हो,' उनले भने, 'यसो भए भाग्ने प्रवत्ति हट्छ । कम्पनीबाट समस्या भए दूतावासले स्पोन्सर वा कम्पनीसँग छलफल गर्छ । कारबाहीको लागि श्रम विभागसमक्ष सिफारीस गर्छ ।'

साउदीमा झन्डै ४० लाख आप्रवासी कामदार काम गर्ने बताइएको छ । साउदीले पहिलोपटक तीन महिनाको आममाफीको समय तोकेको थियो । त्यस अवधिमा स्वदेश फिराउन नसक्ने भएपछि पछि साउदी सरकारले चार महिनाको समय थपेको थियो ।

जेलमा छैन दूतावासले गैरकानुनी हैसियत भएका मात्रै कामदार फिर्ती केन्द्रको जेलमा नभएको दाबी गरेको छ । यसअघि दमाम, सफर जेलहरूमा सयांै नेपाली थिए । 'जसको अपराध मुद्दामा छन् । तिनीहरू जेलमा छन्,' उनले भने, 'त्यसबाहेकका नेपाली जेलमा छैनन् ।'

यसअघि सफर एकानम्बे जेलमा एउटै कोठामा सयौं कामदारलाई कोचेर राखिएका भिडियोहरू बाहिर सार्वजनिक भइरहेको थियो । 'अब हामीलाई सबैभन्दा ठूलो चिन्ता हटेको छ', उनले भने, 'नत्र आउटपास बनाउँदैको हैरानी थियो ।'

दूतावासले अपि्रल ५ यता भागेको कामदारको हकमा भने समस्या कायमै रहेको जनाएको छ । 'त्यस्ता कामदारलाई स्पोन्सर वा कम्पनीमा फिर्ता हुन अनुरोध गरेका छौं । उनीहरू गएमा स्पोन्सर लिन्छ । नलिएको खण्डमा श्रम विभागले एक्जिट दिन सम्बन्धित मन्त्रालयलाई सिफारीस गर्नेछ', उनले भने, 'यस बाहेक त्यस्ता व्यक्तिलाई एक्जिट दिन सकिँदैन ।

Published on: 4 November 2013 | Kantipur

Back to list

;