s

साउदीबाट पत्र

अखण्ड भण्डारी

महानिर्देशज्यू,

वैदेशिक रोजगार विभाग

हामी साउदीको रियादस्थित एउटा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्छौं ।

हामी यहाँ केही नेपाली छौं । सेक्युरिटीमा हामी मात्र हौँ । हामी नौदेखि सात महिनाभित्र यहाँ आएका हौं ।

यहाँ आउनासाथ हामीलाई कम्पनीका मान्छेले सोधे, 'पैसा त तिर्नुभएन नि ?'

'किन नतिर्नु ?' आश्चर्यमा परेर हामीले भन्यौं, 'डेढदेखि दुई लाख रुपैयाँसम्म बुझायौं ।'

'ठग्नु ठगेछ !' उनी झन् आश्चर्यमा परे, 'बाफ रे बाफ ! त्यत्रो पैसा लिए ?'

अनि, हामीले प्रश्न गर्नुको कारण जान्न चाह्यौं । उनले भने, 'हामीले भिसा र टिकट मात्र होइन, मेडिकल खर्चसमेत बेहोरेका हौं । कसरी उनीहरूले त्यत्रो पैसा लिए ?' उनले जवाफ दिए ।

हामी त छाँगाबाट खसेझैं भयौं । हामी काठमाडौंका डेस्टिनी प्लेसमेन्ट र जुपिटर भन्ने म्यानपावरबाट आएका थियौं । त्यहाँ तिनीहरूकै शाखा भनिएका इटहरीका मोभिरा, मेरिडियन र रेन्बो भन्ने म्यानपावरले हामीलाई पठाएका हुन् ।

'कति लाग्छ ?' सुरुमा हामीले सोध्यौं ।

'साढे २ लाख', उनीहरूले भने, 'महँगोमा किनेर ल्याएको गतिलो भिसा हो ।'

'त्यत्रो त दिन सक्दैनौं', हामीले बार्गेनिङ गर्यौंग ।

र, उनीहरू केही तल झरे । त्यो पनि डेढ लाखभन्दा माथि नै । ठूलो गुन लाएजस्तो गर्दै अन्तिममा भने, 'धेरै जोड गरेकाले यति घटेका हौं । अब त एक रुपैयाँ पनि नाफा छैन ।'

हो, तलब २२ सय भनेका थिए, २१ सय पाइयो । यसमा गुनासो छैन । काम, आवासलगायत अन्य सुविधामा खोट लाउने ठाउँ छैन । हाम्रो रोजगारदाता कम्पनी पनि ठीक छ । पीडा एउटै छ— आउनुअघि त्यत्रो ब्रह्मलुट किन गरे ? नियमकानुनका पाना पल्टाएर बस्ने वैदेशिक रोजगार विभाग यस्तो धन्दालाई किन नियन्त्रण गर्दैन ? कसले कति पैसा असुलिरहेका छन् भन्ने किन छानबिन गर्दैन ? कि त्यो तपाईंहरूको पनि 'मिलिजुली कम्पनी' हो ?

विभागले कुन देशका लागि कस्तो भिसामा कतिसम्म पैसा लिन पाउने भन्ने नियम बनाएको छ । त्यो सीमा पालना भए/नभएको कहिल्यै अनुगमन गरेको छ ? यति धेरै पैसा तिरेर नेपाली विदेश जान बाध्य छन् भन्ने तपाईंहरूलई थाहा छ कि छैन ? छ भने के हेरेर बस्नुभएको छ ? छैन भने के कारणले थाहा पाउनुभएन ? 

 हामीले त बाहिर आएपछि धेरै थाहा पाइँदो रहेछ । पि|m भिसा, पि|m टिकटका कोटामा २० हजारभन्दा बढी लिन नपाइने नियम रहेछ । त्यो तपाईंहरूले च्यापेर बस्नुभएको छ । तर, तपाईंहरूबाट इजाजत लिएर जाने नेपालीलाई कुन संयन्त्रको संरक्षणले त्यसको १० गुणासम्म तिराइन्छ ? त्यसबाहेककालाई देश हेरी नियम छ रे । साउदीमा ७० हजारभन्दा बढ्ता लिन पाइँदैन रे । हामीलाई आउनुअघि त्यसबारे कसैले जानकारी गराएन । नजानेरै फसिँदो रहेछ । नेपालीले नै नेपालीलाई मुर्गा बनाउँदा रहेछन् । त्यसबाट जोगाउने जिम्मा तपाईंहरूको होइन ?

नेपालबाट विदेशमा काम आउने दाजुभाइ दिदीबहिनीलाई बरु अब हामी सल्लाह दिन्छौं— राम्ररी बुझेर मात्र अघि बढ्नुहोस् । अवसरहरू धेरै पाइन्छन्, त्यसभन्दा धेरै त ठगीमा पर्दा रहेछन् । त्यसैले ठगीबाट बच्नुहोस्, अवसर लिन सक्नुहोस् । नत्र घुमाउरो औंलाले घ्यु निकाल्नेहरू म्यानपावर क्षेत्रमा धेरै भइसकेका रहेछन् । त्यही फन्दामा पर्नुहोला— हामीजस्तै !

हाम्रो समस्या त उदाहरण मात्र हो । खोज्दै जानुभयो भने खाडी र मलेसियामा यस्ता दुःख-पीडा भोग्ने नेपाली धेरै छन् । हामीलाई त भाग्यले राम्रो काम पर्योा । त्यति धेरै पैसा लिएर भनेभन्दा फरक कम्पनीमा पुर्यामइएका घटना झन् धेरै छन् । त्यसले गर्दा धेरै नेपालीले कम्पनी छाडेर 'अवैध' हुनुपरेको छ ।

आश्चर्य यो छ— कानुनविपरीत धेरै पैसा लिने, प्रलोभनमा पारेर गलत काममा पठाउने र समस्यामा पर्दा वास्तै नगर्ने त्यस्ता म्यानपावरचाहिँ वैध, अर्काका देशमा फसाइएका नेपाली भने अवैध ? देख्नुभएकै छ— अवैध बनेका तिनै नेपालीलाई अहिले घर र्फकन साउदी सरकारले आममाफी दिएको छ । तर, एकैचोटि संख्या ठूलो हुँदा व्यवस्थापन जटिल बनेको छ । रूखमुनि रात कटाउनुपर्ने अवस्था छ । त्यस अवस्थामा पुर्या।उनेलाई विभागले कारबाही गर्न किन सक्दैन ? अवैध बन्ने/बनाउने समस्या किन बढिरहेको छ ?

अरू देशमा हरेक नागरिकको सम्मान गरिन्छ । विदेशमा आपत-विपत परे सरकारी तहबाट उद्धार हुन्छ । हामी नेपाली त किरा फट्याङ्ग्राभन्दा सस्ता भएका छौं । विदेशमा को कुन हालतमा छ, न राज्यले हेर्छ, न अरू

कसैले । ठग्ने र ठगिने क्रम बढ्दो छ । देख्नुभएकै छ— वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षले ९५ प्रतिशत म्यानपावरले दोहोरो श्रमसम्झौता बनाउँछन् भनेर साँचो कुरा भन्दा उनको संगठनमा बबन्डर भयो । सबै उनीविरुद्ध खनिए । तर, त्यो तपाईंहरूका लागि अनुसन्धानको विषय थियो । किन चुप लाग्नुभयो ?

महानिर्देशकज्यू,कथा धेरै छन् । व्यथा निक्कै छन् । कहेर साध्य छैन । हामी त बबुरा हौं । धेरै विज्ञ त तपाईं नै हुनुहुन्छ । सक्नुहुन्छ भने हामीसँग लिएको बढी पैसा फर्काइदिनुहोस् । नत्र तपाईंले बुझेको पनि बेकारै छ ।

बढ्ता बोल्यौं भने माफी पाउ“m ।

उही,

साउदीका केही नेपाली

Published on: 23 June 2013 | Kantipur

Back to list

;