s

साउदी एनआरएनद्वारा पीडितलाई राहत

गैरआवासीय नेपाली संघको क्षेत्रीय समिति जेद्दाले सेती नदी पीडित राजु यादवलाई ५६ हजार रुपैयाँ सहयोग गरेको छ । पोखराको हेम्जा-१ याम्दीमा बसोबास गर्दै उनीसहितको स्थानीय ९ पक्की घरहरू पूण्र्ा रूपमा क्षति बनाएको थियो । साउदी एयरलाइन्सको क्याटि्रङ डिभिजनमा ड्राइभिङ गर्दै आएका उनले असारको ४ गते बिहानै यो सूचना पाएका थिए । उनकी कविता तिमिल्सिना -यादव) ले गला अवरुद्ध पार्दै भन्दै थिइन्, 'ए हजुर ! सेती नदीले हाम्रो घर बगायो, हामो बिचल्ली भयो ।' 

कडा मेहनतले बनाएको पक्की घर क्षण्ाभरमा बगरमा परिण्ात भएको खबरले उनी स्तब्ध भए । मनभित्र असैह्य पीडा बोकी आफ्ना सहकर्मी साथीहरूमाझ तथा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दासमक्ष आपतकालीन सहयोगको याचना गरे उनले । 

तत्पश्चात् सँगै कम्पनीमा काम गर्ने साउदी अरब एनआरएनएका केन्द्रीय सदस्य तथा क्षेत्रीय समितिका सल्लाहकार कृष्ण्ाप्रसाद पोखरेलको सहयोगमा चन्दा संकलन अभियानको थालनी गरियो । त्यसबाट रकम जुटेको हो ।

Published on: August 2012 | Kantipur 

Back to list

;