s

साउदी जेलबाट भोलादासको उद्धार

महेश श्रेष्ठ
 
साउदी अरब-वैदेशिक रोजगारका लागि आएको पाँचांै महिनादेखि पटकपटक जेलजीवन भोगिरहेका मधेसी मूलका नेपालीलाई साउदीमै कार्यरत अर्का पहाडे मूलका नेपालीले जेलमुक्त गराई मंगलबार नेपाल पठाएका छन्।
 
पाँच वर्षअघि साउदी अरब आएका धनुषा जिल्ला बसैया गाविसका भोलादास तत्माले ट्रेलर दुर्घटना गराएको आरोपमा मालिकले ठूलो रकम क्षतिपूर्ति दाबी गरेको तिर्न नसक्दा जेल परेका थिए । साउदीमै कार्यरत नेपालगन्जका भक्तबहादुर हमालको पहलमा भोलादास जेलमुक्त भएर नेपाल फर्केका हुन् ।
 
डिसेम्बर २०१० मा साउदी अरबको तैमामा आएका भोलादासको अप्रिल २०११ मा ट्रेलर चलाउने क्रममा सवारी दुर्घटना भएको थियो । सो दुर्घटनामा उनीसमेत घाइते भएका थिए । अस्पतालमा उपचाररत रहेकै अवस्थामा दस दिनपछि प्रहरीले निदाएर सवारी चलाएको आरोपमा एक महिना हिरासतमा राखेर ताबुक जेल चलान गरी १४ महिना राखेको थियो ।
 
जेलमुक्त भएपछि पुरानो मालिककोमा नगई ताबुकको अल गुरयाध फारममा काम गर्न थालेका उनलाई दुई वर्षपछि अक्टोबर २०१४ मा पुनः प्रहरीले पक्रेर मालिकको विगो दाबीअनुसारको क्षतिपूर्ति भुक्तान नभएको आरोपमा जेल पठाएको थियो । उनको मालिकले सवारी लापार्वाहीचलाई क्षति पुर्याएको आरोपमा ७३ हजार ३ सय ११ साउदी रियाल (२१ लाख २६ हजार रुपैयाँ) क्षतिपूर्ति दाबी गर्दै अदालतमा दिएको उजुरीका आधारमा उनी पक्राउपछि पुनः जेल परेका थिए ।
 
साउदी अरबको ताबुकमा नै २२ वर्षदेखि मजदुरी गर्दै आएकार अरबी भाषा बोल्न सक्षम हमालले थाहा पाएपछि भोलादासको उद्धारको पहल गरेका थिए । हमालका अनुसार यस क्रममा उनले ताबुकस्थित अदालतमा दुई पटक उपस्थित भई यथार्थ कुरा राख्ने प्रयास पनि गरेका थिए । त्यसबेला अदालतले मालिककै दाबीलाई सदर गरेर जेलमै राख्ने निर्णय सुनाएको थियो । भोलादासलाई उद्धार गर्न हमालले एनआरएनए साउदी अरब र राजदूतावासलाई पनि गुहारेका थिए तर कुनै सहयोग पाएनन् ।
 
त्यसबेला एनआरएनएले राहत स्वरुप ६ सय रियालभोलादासलाई दिने भनेको समेत उपलब्ध गराएन । सम्बन्धितनिकायको असहयोग र वेवास्ताकाबाबजुदहमाललागि रहेका थिए ।यसैबीचहमालले त्यहींकै धर्मगुरुमोहम्मदअब्दुलअजिज, वरिष्ठ प्रहरी निरीक्षकमोहम्मदअब्दुललतिफ र गभर्नरलाई बारम्बार भेटेर अनेकपटक अनुरोध गरे । यसैक्रमकोपछिल्लो पटकको भेटमा भने उनीहरुले उनको कुरालाई गम्भिरतापूर्वक लिए ।धर्मगुरु र गभर्नरको मातहतमाभोलादासले तिर्नपर्ने विगो रकममाफगरियो ।उनीहरुले भोलादासलाई जेलमुक्तगर्ने निर्णय गरे । भोलादासलाई जेलमुक्तगर्ने निर्णय फेब्रुअरी २९ मागरिएपश्चात् जेलबाटै मार्च २ तारिखअर्थात् आजफागुन १९ गते जेद्धा हवाई विमानस्थलबाट उनलाई नेपाल पठाईएको हो।
 
परिवारको एक्लो कमाउने व्यक्तिभोलादासको परिवारमा वृद्धा माता,पिता, दुई छोरा, दुई छोरी र श्रीमती छन् ।
 
Published on: 2 March 2016 | Nagarik

Back to list

;