s

साउदीबाट फर्किए १८ हजार नेपाली

विष्णु घिमिरे 

साउदी अरेबिया : साउदी अरेबियाबाट कोरोनाले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिक बढ्दो  छ। हालसम्म १८  हजार ४  सय ८२  जना स्वदेश फिर्ता भएका छन् भने १ सयभन्दा बढी शव पठाइएको छ। स्वदेश फिर्ताको लागि चार्टड उडान नेपाल एरलाइनस र हिमाल एरलाइनस तथा ट्रान्जिट माध्यमद्वारा  एयर अरेबिया, फ्लाइ दुबइ, अल जजिरा, सलाम एरलाइनसले समेत आफ्नो उडान सुचारू गर्दै आएका छन्। 

साउदी  स्थित नेपाली  दुतावास रियादको सहयोगार्थ साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नवीकरण नगरेका  १ हजार २  सय १६  जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ । दुताबास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार  हालसम्म साउदीमा कार्यरत  ८४ जना  नेपालीको  कोरोना भाइरसबाट मृत्यु भएको छ।

साउदीमा कोरोना भाइरस र विभिन्न कारणले अलपत्र परेका  ५  सय ३  जना नेपालीलाई  एन आर एन साउदीले रियाद, ताबुक  जिजान अलकसीम, जेद्धा र पूर्व क्षेत्र गरी हालसम्म  ८  लाखभन्दा बढी  नेपाली रूपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको छ।  १७ जनालाई  हवाई टिकटको  व्यवस्था गरेको छ। सहयोगी नेपाली एकता समाज रियाद साउदी अरेबियाले अलपत्र परेका १५ जना नेपालीलाई १ महिनाको लागि खाद्यान्न सहयोग र २ जनालाई हवाई टिकट गरी १ लाखभन्दा बढी  नेपाली रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ।

साउदी सरकारले  आगामी १४ मार्च २०२१  देखि आप्रवासी कामदारहरूले आफूखुसी रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न पाउने र करार अवधि  सकिएपछि रोजगारदाताको अनुमति बिना  स्वदेश फिर्ता हुन पाउने नियम घोषणा  गरेको छ। साउदीमा कोरोना भाइरसबाट  हालसम्म ३  लाख  ४९  हजार  ८ सय ८२ जना  संक्रमित हुनुको साथै  ५  हजार  ५ सय ६ जनाको मृत्यु भएको छ। ३ लाख  ३६  हजार ५ सय ३३ जना निको भएका छन्।

Published on: 7 November 2020 | Annapurna Post

Link

Back to list

;