s

साउदी अरबियामा एक नेपाली कामदारको मृत्यु

सन्तोष सुवेदी

सिरहा, असार १९ गते । स्वदेश फर्कने क्रममा रहेका एक नेपाली कामदारको साउदी अरबियामा मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–४ डरौल घर भएका नेपाली कामदार विन्देश्वर महराको उच्च रक्तचापको कारण मृत्यु भएको महराका ज्वाईं सञ्जय महराले जानकारी दिनुभएको छ । महराको विहिवार राति स्थानीय समय अनुसार करिब ११ बजे मृत्यु भएको हो ।

मृतकका ज्वाई सञ्जय महराका अनुसार, तीन वर्ष पहिले साउदी पुग्नुभएका विन्देश्वर महरा नेपाल फर्कने क्रममा हुनुहुन्थ्यो । वैशाखमा नेपाल आउने भनिए पनि कोरोना सङ्क्रमणसँगै देशभर निषेधाज्ञा जारी भएपछि विन्देश्वर साउदीमै रोकिनुभएको थियो ।

साउदीस्थित महरा कार्यरत कम्पनीले एक हप्ता पहिले नै परिवारलाई फोन गरेर विन्देश्वरको स्वास्थ्यमा समस्या आएकोले अस्पताल भर्ना गरिएको जानकारी गराएको थियो । बुधबारसम्म स्वास्थ्यमा सुधार भइरहेको बताएको कम्पनीले शुक्रबार विहान विन्देश्वर महराको मृत्यु भएको जानकारी गराएको हो । आवश्यक प्रक्रिया पुरा गरेर मृतकको शव स्वदेश पठाइदिन साउदीस्थित नेपाली राजदुतावास, कम्पनी र सम्बन्धित निकायलाई परिवारले अनुरोध गरेjको छ ।

Published on: 4 July 2021 | Gorkhapatra

Link

Back to list

;