s

साउदी अरेबियामा २२ नेपालीले पाए बहिर्गमन भिसा

साउदी : साउदी अरेबियामा एकैदिन २२ नेपालीले बहिर्गमन भिसा पाएका छन्। साउदीमा वैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले एकामा नवीकरण नगरेको, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि वाणिज्य दूतावास जेद्दाको सहकार्यमा साउदी सरकारले सो बहिर्गमन भिसा जारी गरेको हो।

बहिर्गमन भिसा प्राप्त गरेका नेपालीहरू अब सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन् भने भिसा प्राप्त गरेकाले ७ दिनभित्र साउदी अरेबिया छोड्नु व्यवस्था रहेको छ।

बहिर्गमन भिसाबारे नेपाली वाणिज्य दूतावास जेद्दाले नेपाली कामदारको सूचना जारी गर्दै बहिर्गमन एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ भने बहिर्गमन भिसा पाएकाले स्वदेश फिर्ताको लागि हवाई टिकट स्वयंले व्यवस्था गर्नुपर्नेछ।

Published on: 15 September 2023 | Annapurna Post

Link

Back to list

;