s

साउदी अरेबिया तीन वटा विमानस्थलबाट मात्र जान पाइने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै साउदी अरेबियाले आप्रवासी कामदारको आगमनमा कडाइ गरेको छ । साउदी अरेबियाले यूएई, बहराइन, कुवेत हुँदै जाने यात्रुहरूलाई ३ वटा एयरपोर्टबाट मात्र जान पाउने व्यवस्था गरेको छ ।

साउदीले किङ खालिद इन्टरनेशनल एयरपोर्ट, किङ अब्दुल्लाजिज इन्टरनेशनल एयरपोर्ट, किङ फहाद इन्टरनेशनल एयरपोर्टमात्र जान पाउने व्यवस्था गरेको छ ।साथै, इजिप्ट हुँदै साउदी अरेबिया जाने यात्रुहरूलाई अनिवार्य स्वास्थ्य परीक्षणको प्रमाणपत्र बोक्नु पर्ने भएको छ ।

रोजगारीको सिलसिलामा साउदी अरेबियामा ३ लाख ५० हजार नेपाली कामदार रहेको त्यहाँको दूतावासले जनाएको छ । हालसम्म साउदी अरेबियामा १५ जनालाई कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Published on: 9 March 2020 | Naya Patrika

Link

Back to list

;