s

साउदी अरबस्थित नेपाली दूतावासले जाँच्यो श्रमिकको स्वास्थ्य

श्रमिकका समस्या विषयक अन्तरक्रिया सम्पन्न

साउदी अरबस्थित नेपाली राजदूतावासले श्रमिकको स्वास्थ्य जाँच तथा अन्तरिक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
 
नेपाली राजदूतावास रियादले अलुनल मेडिकल कम्प्लेक्स, हायल र नेपाली प्रवासी समाज हायलको सहयोग तथा समन्वयमा  स्वास्थ्य परीक्षण कार्यक्रम गरेको हो ।दूतावासका अनुसार निःशुल्क स्वास्थ्य परीक्षणबाट ६० जनाले लाभ लिएका छन् ।
 
यसैबीच, दूतावासको आयोजनामा श्रमिकका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्या बाहिर आइरहेका बेला दूतावासले श्रमिक र सरोकारवाला राखेर अन्तरक्रिया गरेको हो ।
 
अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले श्रमिकका समस्या र समाधानका उपायबारे आफ्नो धारणा राखेका थिए ।
 
द्वितीय सचिव भरत खनालले दूतावासले दिने सेवा र तिनको कार्यविधिबारे प्रष्ट पारेका थिए भने बैंकिङ क्षेत्रका अनुभवी स्रोत व्यक्ति रामबहादुर क्षेत्रीले वित्तीय साक्षरताबारे भनाइ राखे ।
 
नेपाली प्रवासी समाज, हायलका अध्यक्ष होमराज बास्तोला तथा अलनुर मेडिकल कम्प्लेक्सका मार्केटिङ तथा सेल्स म्यानेजर मोहम्मद समसुद्धिनले कार्यक्रम सफलताको कामनासहित दूतावाससंग सहकार्य गर्न पाएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।
 
Published on: 1 July 2018 | Onlinekhabar

Back to list

;