s

सरकारले तोकेभन्दा २५ हजार सस्तो भाडामा ओमनस्थित नेपाली दूतावासले नागरिकलाई स्वदेश पठाउने

सरकारले तोकेको भाडादर भन्दा २५ हजार रूपैयाँ सस्तोमा ओमनस्थित नेपाली दूतावासले नागरिकलाई नेपाल पठाउने भएको छ।

सूचना जारी गर्दै दूतावासले नेपाल फर्कन चाहनेका लागि भाडा दर ११५ ओमनी रियल (करिब ३६ हजार रुपैयाँ) तोकेको छ।

'दूतावासमा विभिन्न माध्यमबाट नाम टिपाउनु भएकामध्ये प्राथमिकताका आधारमा प्रथम उडान आउँदो जुन १५ मा सलाम एअर मार्फत हुने गरी तय भएको छ। जसको शुल्क ११५ ओमनी रियल तोकिएको छ,' सूचनामा भनिएको छ।

सरकारले विभिन्न देशबाट उद्धार उडानमार्फत स्वदेश आउनेका लागि भाडा तोकेको छ। जसमा ओमनको लागि ५१० अमेरिकी डलर अर्थात् करिब ६१ हजार रूपैयाँ तोकिएको छ।

यसरी ओमनबाट नेपाल आउन चाहनेका लागि दूतावासले सात दिनभित्रको अनिवार्य कोरोनाको पिसिआर विधिबाट गरिएको नेगेटिभ रिपोर्ट पेश गर्न भनेको छ।

नेगेटिभ नतिजा आएकाहरू नेपाल आएपछि सिधै होम क्वारेन्टिनमा जान सकिने भनिएको छ। सरकारले कोरोना भाइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका र स्वदेश आउन चाहने नेपालीहरूलाई उद्धार गर्ने जनाएको छ। 

सरकारले तोकेको भाडादर 

सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ। एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन। 

नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको सरकारले तोकेको भाडादर यस्तो छ:    

 

गतव्य     भाडा(अमेरिकी डलरमा)

बंगलादेश १६५

नयाँ दिल्ली           २०५

मुम्बइ     ३१०

बैंगलोर   ३३५

बैंकक      ३९०

कम्बोडिया            ४००

दुबइ       ५००

आवुधाबी ५००

सारजाह   ५००

माल्दिभ्स ५०५

ओमन     ५१०

क्वलालम्पुर            ५२०

दोहा       ५४५

बहराइन  ५४५

हङकङ    ५५०

कुवेत      ५७०

दमाम     ५९०

रियाद     ६३०

जेद्हा     ७७०

जोर्डन     ८१५

साइप्रस    ८७५

नारिता    ९३५

खार्तुन(सुडान)        ९४०

फ्रयाङकफर्ट           १२५५

लन्डन     १३४०

Published on: 11 June 2020 | Setopati

Link

Back to list

;