s

'सरकारले समन्वय नगर्दा विदेशमा कामदारले दुःख पाए'

काठमाडौं : सरकारी संयन्त्रबीच समन्वय हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका कामदारले दुःख पाएको शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा ‘खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोनाभाइरस (कोभिड–१९) ले पारेको असर र कामदारका सवाल’ विषयक भर्चुअल कार्यक्रममा बौल्ने वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका वक्ताहरुले श्रम, परराष्ट्र, र पर्यटन मन्त्रालयबीच समन्वय हुन नसक्दा खाडीका कामदारले दुख पाएको बताएका थिए ।

कार्यक्रममा बोल्दै सांसद तथा नेकपाकी नेतृ रामकुमारी झाक्रीले रेमिट्यान्स देशको मेरुदण्ड रहे पनि सरकारले दुःखका बेला रेमिट्यान्स पठाउने कामदारको पीडामा मल्हम लगाउन नसकेको बताइन् । नेत्री झाँक्रीले भनिन्, ‘सरकारले निःशुल्क रुपमा कामदार ल्याउनुपर्छ । पैसा तिरेर आउँछु भन्नेलाई पनि सरकारल बाटो छेकेको छ ।’

यस्तै नेपाली कांग्रेस नेतृ डिला संग्रौलाले तत्काल कामदार स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताइन् । यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कामदार उद्घारमा सरकारले ढिलासुस्ती गर्न नहुने बताए । विदेशमा ३३ लाख भन्दा बढी कामदार कार्यरत रहेको अवस्थामा सरकारको यस्तै पाराले उद्घार गर्ने हो भने सबैलाई उद्धार गर्न १२ वर्ष लाग्ने उनले सुनाए ।

अहिले आउन चाहेको १ लाख बढी हो । अब एक महिनाभन्दा बढी समय लगाउन मिल्दैन,’ पाठकले भने । यस्तै कोभिड–१९ नियन्त्रण व्यवस्था समिति हेर्दै आएका परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र घिमिरेले वैदेशिक रोजगारीका क्षेत्रमा धेरैजसो काम श्रम मन्त्रालय र वैदेशिक रोजगारको भएको बताए ।

Published on: 19 September 2020 | Annapurna Post

Link

Back to list

;