s

‘सरकारले नै फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ भन्नु आपत्तिजनक’

श्रम, तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले सरकारले फ्री भिसा फ्री टिकट कार्यान्वयन गर्नुको सट्टा खारेज गर्नुपर्छ भन्नु आपत्तिजनक भएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञ नेपालले फ्री भिसा फ्री टिकट कार्यान्वयन गर्ने सरकारको दायित्व भएको बताए।

‘नीति ल्याएर कार्यान्वयन गर्न नसक्नु दुःखद हो,’ उनले भने, ‘यो त श्रमिकको जीवनमाथि पाइलटिङ मात्रै भयो।’

सरकारले मलेसिया तथा खाडीका विभिन्न ६ मुलुकमा फ्री भिसा फ्री टिकटमा श्रमिकहरू पठाउने भनेर २०७२ सालमै घोषणा गरेको थियो। तर अझसम्म पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। पछिल्लो समय सरकारी अधिकारीहरू नै फ्री भिसा फ्री टिकट कार्यान्वयन गर्न नसकिने प्रतिक्रिया दिन थालेका छन्।

Published on: 25 December 2023 | Setopati

Link

Back to list

;