s

सरकारले तोकेको श्रमिकको ज्याला लागू हुन्छः गोकर्ण विष्ट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकारले निर्धारण गरेको श्रमिकको न्युनतम ज्याला सबै क्षेत्रमा लागू हुने बताएका छन् ।उनले सरकारले निर्धारण गरेको श्रमिकको न्युनतम तलव रोजगारदाता कम्पनीले पूर्ण पालना गर्नु पर्नेसमेत बताए ।
 
विराटनगरमा बुधबार आयोजित युवा उद्यमशिलता र रोजगारीका अवसरहरु विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदात, श्रमिकका प्रतिनिधि र सरकारको त्रिपक्षीय सहमतिमा श्रमिकको न्युन्तम तलव तोक्ने काम भएकोले आफनो निर्णयबाट सरकार पछाडि नहट्ने बताए ।
 
‘लाखौ रुपैयाँ लगानी गरेर उद्योगीले उद्योग सञ्चालन गर्छ तर,उसले श्रमिकलाई न्युन्तम १३ हजार रुपैयाँ दिन सक्दिन भन्छ भने यसको कुरामा पारदर्शिता देखिन्न् ।’ मन्त्री विष्टले भने ।
 
उनले काम गर्ने श्रमिकले पेट भरी खाना पाउने उसको अधिकार स्थापित गर्नका लागि सरकारले श्रमिकको न्युन्तम ज्यालाको निधारण गरेको स्पष्ट पारे ।
 
कार्यक्रमा प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले बर्तमान सरकारको प्रमुख काम रोजगारी सिर्जना गर्नु भएकाले सरकारले रोजगारीका क्षेत्रहरु पहिचान गरी काम गरिरहेको जानकारी दिए ।
 
कार्यक्रममा सहभागी युवाहरुले सरकारले युवा लक्षित स्वरोजगारका के कस्ता कार्यक्रम समेटिएका विषयमा मन्त्री विष्टसँग जिज्ञासा राखेका थिए ।
 
Published on: 1 August 2018 | Onlinekhabar
 
 

Back to list

;