s

सरकारको कमजोरीका कारण युवाहरू विदेसिँदैछन्: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दैनिक हजारौँ नेपाली युवाहरू विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्न आवश्यक रहेको बताएका छन्।

बुधवार महासङ्घको शिक्षा,सीप विकास तथा रोजगार समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारसँग यस्तो माग गरेका हुन्।

उद्योगहरूमा श्रमिकको अभाव भइरहेको अवस्थामा स्वदेशका हजारौँ जनशक्ति बाहिरिएको अवस्था रहेको उनले बताए। दैनिक हजारौँ युवाहरू बिदेसिनुको कारण सरकारको कमजोरी रहेको उनले बताए।

‘नेपालका उद्योगहरूलाई श्रमिक आवश्यक परेको छ। श्रमिकहरू नपाएर भारत र बंलादेशबाट श्रमिक ल्याएर काम लगाइ रहेका छौँ,’ उनले भने, ‘सबैको सहकार्यमा दक्ष जनशक्ति नेपालमा नै राख्ने गरी काम गर्नु आवश्यक छ।

सरकारले दक्ष जनशक्तिलाई विदेश जानबाट रोकेर नेपालमा नै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको बताए। नेपालका जिम्मेवारी निकायहरूले आफ्नो मात्रै कुरा गर्ने तर जनताको पक्षमा काम नगरेकाले समस्या आएको ढकालले बताए।

Published on: 21 December 2023 | Nagarik

Link

Back to list

;