s

सर्विया, पोल्यान्ड र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने चार पक्राउ

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्विया, पोल्यान्ड र मलेसिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा चार जना पक्राउ गरेको छ। फरक तीन ठगीका घटनामा चार जना पक्राउ गरेको कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक९एसपी० रविन्द्र रेग्मीका अनुसार पहिलो घटनामा टोकियो ओभरसिस नामक म्यानपावर दर्ता गरी सर्विया पठाइदिन्छु भनेर ठगी गर्ने उदयपुर कटारी नगरपालिका–१ घरभई अहिले ललितपुर च्यासल बस्ने ४२ वर्षीय विकासकुमार घले र काठमाडौं महानगरपालिका–९ सिनामंगलका सञ्जय लामा पक्राउ परेका छन्। उनीहरूमध्ये घले कम्पनी सञ्चालक र लामा कर्मचारी रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

दुबैजनाले सर्वियाको प्रतिष्ठित होटलमा रोजगारी पाइने गरी पटाइदिन्छु भनेर प्रतिव्यक्ति नौ लाख उठाएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। पीडितबाट रकम उठाउँदा सर्वियामा मासिक एकलाख तलब हुने भनेर आश्वासन दिएका थिए। पीडितहरूको जाहेरीका आधारमा उनीहरूलाई सोमबार पक्राउ गरेको कार्यालयले जनाएको छ। दुबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको एसपी रेग्मीले जानकारी दिए।

यस्तै अर्को घटनामा भिमेश्वर नगरपालिका–५ घरभई हाल तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने ३० वर्षीय पुजा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीमाथि पोल्यान्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोप छ। श्रेष्ठले पोल्यान्डमा मासिक एकलाख ५० हजार आम्दानी हुने र प्रतिव्यक्ति आठ लाख ५० हजार लाग्ने आश्वासन दिएर पटक पटक गरी दुई लाख १५ हजार रकम लिएर सम्पर्कविहीन भएको भन्दै पीडित एक युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन। जाहेरीकै आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यस्तै मलेसिया पटाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा जिल्ला रौतहट बुद्धावन नगरपालिका–४ घरभई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल सास कानुलाई प्रहरीले पक्राउ गरेको हो। नरेश साह कानु नामका युवाले आफूसँग मलेसिया पठाइदिन्छु भनेर रकम लिई सम्पर्कविहीन भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ।

Published on: 10 January 2024 | Nagarik

Link

Back to list

;