s

सञ्जेलको सरुवाप्रति मजदुर नेता मौन

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख  प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै भएको अनियमित सरुवाप्रति विराटनगरमा क्रियाशील मजदुर नेताहरूले मौनता साधेका छन् । २५ असोज ०७५ मा श्रम तथा रोजगार कार्यालय विराटनगरमा वरिष्ठ श्रम अधिकृतका रूपमा हाजिर भएका श्रम अधिकृत (उपसचिव)  सञ्जेलको सरकारले अनियमित रूपमा सरुवा गर्दा पनि मजदुर नेताले मौनता साधेका हुन् । सञ्जेल सरकारले लागू गरेको सामाजिक सुरक्षा कोष र श्रम ऐन लागू गर्न निरन्तर क्रियाशील रहँदै आएका थिए ।
 
आफूले पीडित मजदुर कर्मचारीको हकमा काम गरेको र घुस खान नमानेका कारण अढाई महिनामै विनाकारण अनियमित रूपमा सरुवा गरिएको अधिकृत सञ्जेलले बताइरहँदा पनि मजदुर नेता मौन बसेका हुन् ।  समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले सञ्जेलको सरुवा सरकारी कार्यालयको प्रक्रियाअनुसार भएकाले आफूहरूले केही नबोलेको बताए । टे«ड युनियन महासंघ (जिफन्ट) प्रदेश १ का अध्यक्ष किशोर धमलाले अधिकृत सञ्जेलको स्वभाव छुचो भएकाले सरुवाप्रति आफू केही नबोलेको बताए । अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष उपेन्द्र रायले अधिकृत सञ्जेल नियतले इमान्दार भए पनि अरूलाई इज्जत नगर्ने र आफू मात्र मै हुँ भन्ने स्वभावको भएकाले उनको सरुवा हुनु जायज भएको दावी गरे ।
 
Published on: 1 January 2019 | Naya Patrika

Back to list

;