s

शनिबार ७८५ जना नेपाली भित्रिए, १०४ भारतीय बाहिरिए

चाँदनी आचार्य

लम्की, असार ६ गते । सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शनिबार ७८५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १०४ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेकोछ । 

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २०४ नेपाली नागरिक भित्रिएका छन् भने २३ जना भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट भित्रिनेको सङ्ख्या घटेको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ५८१ नेपाली नागरिक भित्रिएका छन् भने ९१ भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट बढी सङ्ख्यामा नेपाली नागरिक भित्रिएका छन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार पाँच सय बढी पुगेको छ ।

Published on: 20 June 2020 | Gorkhapatra

Link

Back to list

;