s

शनिबार ९५७ फर्किए

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १४ गते । शनिबार विभिन्न देशबाट चार्टर र अन्य उडानमार्फत ९५७ नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाका कारण विभिन्न देशमा समस्यामा परेका ती नेपाली नागरिक स्वदेश फर्किएका हुन् ।

कतारको दोहाबाट २४१, हङकङबाट ८१, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १४६, साउदी अरबको दमामबाट हिमालय एयरमार्फत १५४, साउदीकै रियादबाट नेपाल एयरलाइन्सबाट २५४ र कुवेतबाट ८१ जना नेपाली स्वदेश आइपुगेका हुन् ।

साउदीको रियादबाट बन्दाबन्दीका कारण लामो समयदेखि रोकिएका १५ वटा शव पनि ल्याइएको छ ।

साउदीस्थित नेपाली दूतावासले कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुनः प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरू कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने

जनाएको छ ।

यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन । साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर उडानमार्फत स्वदेश पठाइरहेको दूतावासले जनाएको छ । 

Published on: 28 June 2020 | Gorkhapatra

Link

Back to list

;