s

संघको आपत्ति

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार विज्ञप्ति जारी गरी  वैदेशिक रोजगारीमाजाने कामदारमाथि ४ हजार ३ सय रुपैयाँको भार पर्दा समेत श्रम तथा रोजगार मन्त्रालय मौना रहेको भन्दै मन्त्रालयको मौनता खेद जनक रहेको बताएको छ ।
 
नेपाल सरकारका दुई–दुई वटा निकायले प्रमाणीकरण गरेको प्रहरी रिपोर्टलाई युएई दूतावासले प्रमाणीकरण गर्नुको औचित्य र कारण के हो ? भन्दै प्रश्न गर्दै संघ अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा यस्तो संवेदनशील विषयमा समेत छलफल गरी शुल्क नलिन अनुरोध नगर्ने प्रवृत्तिले नेपाल सरकार बेरोजगार युवाहरुप्रति उदासिन रहेको ठहर भएको उल्लेख छ ।
 
संघले तत्काल नेपाली श्रमिकहरुलाई आर्थिक भार पार्ने कुनैपनि कार्य नगर्न÷ नगराउन सम्बन्धित मुलुकका दूतावास समक्ष पहल गर्न नेपाल सरकारको ध्यानकर्षषण समेत गराएको छ । संघले मलेसिया जाने नेपाली श्रमिकहरुबाट भीएलएन, ओएससी, आएससी(जीएसजी) र माइग्रामस जस्ता संस्थाहरुले १७ हजार भार पारिरहेको विषयमा सरकार मौन रहेको भन्दै त्यसप्रति पनि खेद व्यक्त गरेको छ ।
 
Published on: 28 February 2018 | Madhyanha

Back to list

;