s

सन् २०१८ मा युएईमा १०७ नेपाली श्रमिकको मृत्यु

सन् २०१८ मा मात्रै संयुक्त अरब इमिरेट्स (युएई) मा नाैं महिलासहित १०७ जना नेपाली श्रमिकहरुको मृत्यु भएको छ । नेपाली राजदूतावास अबुधाबीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै प्राकृतिक कारणले तीन महिलासहित ४७ जनाको मृत्यु भएको छ ।

३० जना पुरुष र तीनजना महिलाले आत्महत्या गरेका छन् भने २१ पुरुष र दुईजना महिलाको दुर्घटनामा परेर मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।
 
सन् २०१८ मा मृत्यु भएका चार जनाको शव भने अझै युएईमै छ । सूर्य वि.क, अमृतबहादुर कार्की, सृजना बराल र अशोक भट्टराईको शव नेपाल ल्याइएको छैन ।
 
अनुसन्धान प्रकृयामै भएकोले शव नेपाल पठाउन नसकिएको दूतावासले जनाएको छ ।
 
Published on: 2 January 2019 | Onlinekhabar

Back to list

;