s

समयमा फर्केकाहरु फेरि कोरिया जान पाउने

दक्षिण कोरियामा काम गरेर समयमै फर्केकाहरु फेरी पनि कोरिया जान पाउने भएका छन । कोरियाले गैरकानुनी कामदार नियन्त्रण गर्न समयमा फर्केका नेपाली कामदारलाई रोजगारी दिने भएको हो । रोजगार अनुमति प्रणाली इपिएस प्रणालिमा अहिले सम्ममा दक्षिण कोरिया १० हजार नेपाली गइसकेका छन । 

इपिएस नेपाल कार्यलयका संयोजक महेश आचार्यले कोरियाले ३ वर्ष पुरा काम गरेर फर्केकालाई फेरी जान पाउने प्रस्ताव गरेको वताउनुभयो । कोरियाको रोजगारदाताले ३ वर्ष अवधि पुगेकालाई फेरी १ वर्ष १० महिनाको समय थप गरेको छ । सो सुविधाले कोरियामा अवैध रुपमा बस्ने परिपाटी अन्त्य हुने विश्वास लिइएको छ ।
 
यसैबीच यो वर्ष कोरियाली भाषा परीक्षामा उत्तीर्ण गरेका मध्ये १ हजार कोरिया पुगिसकेका छन । इपिएस पास गरेका मध्ये ४ हजार नेपालीको श्रम सम्झौता आएको ईपिएस शाखाले जानकारी दियो ।
 
Published on: 15 March 2012 | Nagarik 

Back to list

;