s

सामाजिक सुरक्षामा नआए कारबाही

सामाजिक सुरक्षामा सामेल नहुने कारबाहीमा पर्ने भएका छन्। सरकारले सामाजिक सुरक्षामा नआउने प्रतिष्ठानलाई कारबाही गर्ने तयारी गरेको छ।सरकारले दोस्रोपटक म्याद दिएर असोज मसान्तसम्म सूचीकृत हुन आह्वान गरेको थियो। तर अधिकांश प्रष्ठिानले सामाजिक सुरक्षामा सामेल हुन अटेर गरेका छन्। सामाजिक सुरक्षा कोषका प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षामा सामेल नहुने प्रतिष्ठानलाई सरकारी सुविधाबाट बञ्चित गरिने जानकारी दिइन्। ‘ सरकारी तबरबाट हुने सबै काम रोकिन्छ’, उनले भनिन्। कोषमा सूचीकृत नहुने रोजगारदाता कम्पनीलाई शुक्रबारदेखि कारबाही थाल्ने कोषको तयारी छ। ‘कोषमा नआएका रोजगारदाता कम्पनीलाई करतिर्दा, नवीकरण र अन्य कानुनी प्रक्रियामार्फत कारबाही गरिन्छ’, प्रवक्ता भट्टराईले भनिन्। नवीकरणलगायत आवश्यक काममा अवरोध सिर्जना गर्ने उनको भनाइ छ।

कोषका अनुसार सञ्चारमाध्यम र बैंक सामेल भएका छैनन्। पछिल्लो समय चार-पाँचवटा बैंक सामाजिक सुरक्षामा सामेल भए पनि सञ्चारमाध्यमले बेवस्ता गर्दै आएका छन्। कोषका अनुसार ६ हजार २ सय रोजगारदाता र ९० हजार श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा सामेल भएका छन्। सरकारले साउन १ गतेदेखि लागू हुने सामाजिक सुरक्षा कोषको सुरु गरेको थियो। अब भने म्याद नथप्ने प्रवक्ता भट्टराईले बताइन्। कोषमा आवद्ध हुँदा निवृत्तिभरण सुविधा, व्यवसायजन्य रोग तथा रोजगारीजन्य दुर्घटना, आ िश्रत परिवारको निवृत्तिभरण तथा सन्ततीवृत्ति, स्थायी पूर्णअसक्षमता बापतको निवृत्तिभरण र उपचार खर्च पाइन्छ।

Published on: 17 October 2019 | Annapurna Post

Link

Back to list

;