s

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन १ महिना समय थपियो

सरकारले गत असोज मसान्तसम्म कोषमा सूचिकृत भइसक्नु पर्ने भनेपनि धेरैजसो श्रमिक तथा रोजगारदाता सूचिकृत नभएकाले मंसिर १३ गतेसम्मका लागि समय थप गरिएको हो। कोषले राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेको मितिबाट एक महिनाभित्रमा सूचीकरण हुन आउने गरी सूचना जारी गर्ने जानकारी दिएको छ।

हालसम्म कोषमा ८ हजार ८ सय १८ रोजगारदाता सूचिकृत भएका छन्। त्यस्तै १ लाख ९ सय ६८ योगदानकर्ता कोषमा सूचिकृत भएका छन्। योगदानकर्ताबाट ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भएको छ।

Published on: 25 October 2019 | Setopati

Link

Back to list

;