s

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको दुई महिनाको योगदान रकम सरकारले बेहोर्ने भएको छ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले २०७८ जेठ र असारको योगदान रकम सरकारले बेहोर्ने बताएका हुन्।

सरकारले निजि क्षेत्रका सबै श्रमिकका लागि सामाजिक सुरक्षा योजना अनिवार्य गरेको छ। यो योजनामा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत -मिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत रकम मासिक रुपमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ। 

यो योजनामा असंगठित क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई समेत समेटिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

Published on: 30 May 2021 | Setopati

Link

Back to list

;