s

समाचार प्रभाव : मलेसियामा बेवारिस भेटिएका रामबहादुरको परिवार पत्ता लाग्यो

मलेसियाको सडकबाट उद्धार गरिएका रामबहादुर बिकको परिवार सम्पर्कमा आएका छन् । सडकमा बेवारिस भेटिएका रामबहादुरको परिवार भेटिएन भन्ने समाचार उज्यालो अनलाइनमा प्रकाशन भएको एकदिन नबित्दै परिवारले सम्पर्क गरेको हो । उनको घर गुल्मीको रुरु गाउँपालिका ३ मा रहेको खुलेको छ । रामबहादुरलाई चाँडै नेपाल फर्काइने र काठमाडौंदेखि नेपाली प्रवासी एकता सञ्जालले घरसम्म पुर्‍याउन व्यवस्था गर्ने सञ्जालका जनसम्पर्क अधिकृत रमेश बैदावारले जानकारी दिनुभयो । 
 
मानसिक सन्तुलन गुमाएजस्ता देखिने रामबहादुरको एक हप्ता अघि मलेसियाको माइग्रेन्ट मिनिष्ट्री पार्टनरसिपले सेलेङ्गोर राज्यस्थित सन वेको सडकबाट उद्धार गरेको थियो । उद्धारका संलग्न हरी बुढाथोकीका अनुसार उनलाई नचिनेका मानिसले कुटपिट पनि गरेका थिए ।
 
Published on: 20 March 2018 | Ujyaaloonline

Back to list

;