s

शाक्य राजदूत नियुक्त

 राष्ट्रपति विद्या भण्डारीले सोमबार इजरायलका लागि नेपालको राजदूतमा अञ्जान शाक्यलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शाक्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषदको सिफारिसपछि संसदीय सुनुवाइबाट समेत अनुमोदित भइसकेकी शाक्यलाई इजरायलबाट एग्रिमो आएपछि राजदूत नियुक्त गरिएको हो ।
 
Published on: 31 December 2018 । Kantipur

Back to list

;