s

सहकर्मीद्वारा मृतक परिवारलाई १९ लाख सहयोग

युनाईटेड अरब ईमिरेट्स (युएई) मा मृत्यु भएका चितवन मेघौलीका भरत घिमिरेको परिवारलाई १९ लाख ३२ हजार ४ सय ६९ रुपैयाा सहयोग प्रदान गरिएको छ । घिमिरेको गत डिसेम्बर ७ तारिखका दिन हृदयघात भई मृत्यु भएको थियो ।
 
गत आईतबार अबुधाबी स्थित नेपाली दुताबासमा एक कार्यक्रमको आयोजना गरी कार्यबाहक राजदुत सागर फुयााल मार्फत मृतककी श्रीमती अस्मिता घिमिरेको संरक्षकत्वमा रहने गरी नाबालक सुमित घिमिरे र सृष्टि घिमिरेको नाममा सनराइज बैंक चितवन शाखामा संयुक्त खाता खोली उक्त रकम जम्मा गरिएको हो ।
 
कार्यक्रममा नेपाली दुताबासका द्वितीय सचिव कृष्ण अर्याल, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, महासचिव कृष्ण पौडेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम काडेल लगायतको उपस्थिति थियो ।
 
मृतक घिमिरे कार्यरत एसजीएमई कम्पनीका नेपालीको पहलमा उक्त रकम संकलन भएको सोही कम्पनीमा कार्यरत जे सागरले वताए । कम्पनीमा ३ हजार भन्दा बढी नेपालीहरु कार्यरत छन् ।
 
Published on: 1 February 2018 | Kantipur

Back to list

;