s

सगरमाथा सिमेन्टका मजदुर आन्दोलित

दाङको घोराहीस्थित सगरमाथा सिमेन्टमा काम गर्ने मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। 

काम गरेको पैसा पाउनु पर्ने माग गर्दै करिब २ सय मजदुर आन्दोलनमा उत्रिएको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बुधबार विहानै देखि मजदुर आन्दोलनमा उत्रिएको भएपनि बढी होहल्ला गर्न थालेको खबर आएपछि केही बेर अगाडि प्रहरी पठाइएको जानकारी दिए।

सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने अधिकांस कर्मचारी तथा मजदुर भारतीय छन्। 

केही दिन अगाडि मात्रै उद्योगबाट भागेर जान थालेका ६ जना भारतीय नागरिकलाई लमहीबाट प्रहरीले नियन्त्रणमा लिएर फेरि उद्योगमै फर्काइदिएको थियो।

Published on: 6 May 2020 | Setopati

Link

Back to list

;