s

साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।

‘पुसमा ६५ हजार आठ सय १३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्। यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो।’

चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ।

Published on: 30 January 2024 | Nagarik

Link

Back to list

;