s

साढे २६ प्रतिशतले बढ्यो रेमिट्यान्स, चार महिनामा ५ खर्ब भित्रियो

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा रेमिट्यान्समार्फत ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २६.४ प्रतिशतले बढेको हो ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र ८७ हजार ४ सय २८ रहेको थियो ।

Published on: 15 December 2023 | Kantipur

Link

Back to list

;