s

सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु

साउदी : वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२४ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो।

मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।

साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास अनुसार दुर्घटनाको सुचना पाए लगतै परिवार तथा कम्पनसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।

Published on: 14 March 2024 | Annapurna Post

Link

Back to list

;