s

साउदी दूतावासद्वारा ४७ महिला उद्धार

साउदी अरबस्थित नेपाली दूतावासले मंसिरमा ४७ घरेलु महिला कामदारलाई सकुशल उद्धार गरी स्वदेश पठाएको छ । शारीरिक, मानसिक र श्रम शोषणका कारण काम गरेको घरबाट भागेका उनीहरूलाई दूतावासले आफ्नो सेल्टरमा राखेर उद्धार गरेको हो । उनीहरूलाई आवश्यक प्रक्रिया पुर्यावएर घर पठाइएको दूतावासले जनायो । दूतावासका अनुसार तीमध्ये महिनौंसम्म तलब नपाएका बढी छन् । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले रियादबाट ७ सय किलोमिटर पर हलाल भन्ने ठाउँमा आफैं गएर शारीरिक शोषणमा परेकी सानी घिमिरेलाई उद्धार गरेका थिए । 'साउदी आएको १० महिना भएको रहेछ । घर मालिकले धेरै पिट्ने गरेको थाहा भएपछि उनलाई त्यस घरमा पठाउने एजेन्सी पत्ता लगाई उद्धार गर्यौंे,' उनले भने । उद्धार गरिएका सबैलाई अवैध रूपमा साउदी ल्याइएको थियो । बढीजसोलाई भारतीय बाटो हुँदै कुवेत र यूएईबाट साउदी ल्याइएको हो । भागेर आएका महिलाहरूका अनुसार एजेन्सीहरूले छोटोछोटो समयका लागि काममा पठाउने, खाना नदिने, पिट्ने गरेको थिए ।

Published on: 27 December 2012 | Kantipur

 

Back to list

;