s

सात हजार परिवारलाई खाद्यान्न सहयोग

मधुसुधन तिमल्सिना

काभ्रे, बैशाख १० गते — बन्दाबन्दीका कारण ज्याला मजदुरीबाट जीवन यापन गर्ने काभ्रेपलाञ्चोक जिल्लामा करिब सात हजार परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ । जिल्लाका स्थानीय तहहरुले न्यून आय भएका र ज्याला मजदुरीमा मात्र बाच्दै आएका परिवारको पहिचान गरी खाद्यन्न लगायत सामाग्री वितरण गरिरहेका छन ।

अहिले सम्म छ हजार ७१५ परिवारले खाद्यन्न लगायतका सामग्री लिएका छन । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादेले चार हजार २०९ परिवारलाई राहत प्याकेज उपलब्ध गराएको जानकारी दिनुभयो । पनौती नगरपालिका नगरप्रमुख भीम न्यौपानेले एक हजार ३०५ परिवारलाई खाद्यन्न लगायत अतिआवश्यक सामग्री उपलब्ध गराइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार पनौती नगरपालिकाले खाद्य बैङक (फूड बैङक) मार्फत राहत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । पनौती नगरपालिकाले न्यून आय परिवारलाई हप्ता हप्तामा १५ केजी चामल, दाल, गेडागुडी, चिनी, नुन, तेल लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ ।

नमोबुद्ध नगरपालिकाले एक हजार १८५ परिवारलाई राहत उपलब्ध गराएको नगरप्रमुख टिपी शर्माले जानकारी दिनुभयो । त्यस्तै मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवाले १४ जना श्रमिक र अतिविपन्न दुई परिवारलाई राहत उपलब्ध गराएको जनाकारी दिनुभयो ।

काभ्रे हुँदै तीन हजार ४१२ गन्तव्यमा
बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्ला हुँदै तीन हजार ४१२ जना मजदुर बाहिरी जिल्ला प्रवेश गरेका छन ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार काभ्रेपलाञ्चोक जिल्ला मै विभिन्न उद्योग तथा व्यवसायमा कार्यरत एक हजार ५९० मजदुर र अन्यत्र जिल्लाबाट आएका एक हजार ८२२ पदैलयात्री अन्य जिल्ला गएका छन ।

Published on: 22 April 2020 | Gorakhapatra

Link

Back to list

;