s

रूसमा फसेका नेपालीलाई फिर्ता गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्षकमल दाहाल 'प्रचण्ड' ले रूसमा फसेका नेपालीलाई फिर्ता गर्ने आश्वासन दिएका छन्।

मंगलबार रूसी सेनामा आवद्ध भएका नेपालीका परिवारले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएको रूसी सेना आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी कृतु भण्डारीले जानकारी दिइन्।

'हाम्रा मागहरू सुनेपछि रूसमा भएका नेपालीलाई फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने भन्नुभएको छ,' उनले भनिन्।

रूसी सेनाका परिवारहरू वैशाख ६ गतेदेखि अनसन बसिरहेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र पठाएपछि उनीहरूले १७ औं दिनमा आइतबार अनसन तोडेका थिए।

रूसको सेनामा भर्ती भएकाहरूलाई नेपाल फिर्ता ल्याउन, मृत्यु भएकाहरूको शव ल्याउनुपर्ने माग राख्दै उनीहरूका आफन्त रत्नपार्कस्थित गणेश मन्दिर परिसरमा अनसन बसेका थिए।

लगातारको अनसनबाट उनीहरूको स्वास्थ्य पनि बिग्रिँदै गएको र प्रधानमन्त्री कार्यालयबाट पनि प्रतिबद्धता पत्र प्राप्त भएकाले तत्कालका लागि अनसन स्थगित गरिएको अभियान्ता कृतु भण्डारीले जानकारी दिइन्।

'यदी हाम्रा माग पुरा भएन भने हामीले पुन अनसन बस्ने जानकारी गराएका छौं,' उनले भनिन्।

Published on: 8 May 2024 | Setopati

Link

Back to list

;