s

रूसी सेनामा कार्यरत रसुवाका एक युवकको निधन

रसुवा : रुसी सेनामा कार्यरत नौकुण्ड गाउँपालिका - ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ। उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मृतकका आफन्त बुद्धि मोक्तानका अनुसार कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको थियो ।

'केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो,' उनले भने । मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ ।

योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ।

उनको २६ दिनअघि मृत्यु खबर आएको शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताए । रुसमा रहेका चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर परिवारलाई सुनाएका थिए ।

नेपाली सेनामा जागिरे सुन्दर सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए। । परिवार पाल्न उनले निर्माण व्यवसायी कम्पनीमा पनि काम गरेका थिए। श्रीमान‍्को मृत्युको खबर सुनेपछि ओमानमा रहेकी उनकी श्रीमती पातली मोक्तान नेपाल आएकी छन्। अहिले उनी श्रीमान्को मृत्युको खबर बुझ्न काठमाडौंमा छिन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले नेपालस्थित रसियन दूतावाससँग हारगुहार गरिरहेकी छन् ।

रोजगारीको सिलसिलामा उनी केही समय अघि मलेसिया गएका थिए। क्रोएसिया जान ठिक पारेको रकम दलालीले खाइदिएपछि उनको क्रोएसिया जाने सपना अधुरै रहेको थियो। त्यसपछि उनी अर्को बाटो अपनाएर क्रोयसिया हुँदै रुस पुगेका थिए।

मोक्तानले गत सेप्टेम्बर २३ मा अन्तिम पटक श्रीमती पातलीसँग कुराकानी गरेका थिए ।

मृतकका बाबु कमानसिंह मोक्तान तामाङको दशवर्षे सशस्त्र द्वन्द्वको समयमा माओवादीले हत्या गरेका थिए । ०५९ माघ ९ गते १५/२० जनाको समूहमा माओवादी कार्यकर्ताले आफ्नै घरमा सुतिरहेको अवस्थामा बार्दलीबाट आँगनमा खसालेर कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरिदिएका थिए।

निर्वाचनको समयमा नेपाली कांग्रेसको प्रचारमा हिँडेको र गाउँमा भोट किन्न रकम बाँडेको आरोपमा उनको हत्या भएको थियो। उनको परिवारमा बुढी आमा,श्रीमती र दुईजना छोराछोरी छन् । उनका दुई भाइ मलेसियामा छन् ।

Published on: 23 January 2024 | Annapurna Post

Link

Back to list

;