s

रुसी सेनामा कार्यरत नेपालीको उद्धार माग गर्दै ज्ञापनपत्र

२२ काठमाडौं, फागुन । रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न माग गर्दै उनीहरुका परिवारका सदस्यले परराष्ट्र मन्लयको कन्सुलर सेवा विभागमा ज्ञापनपत्र बुझाएका छन् ।

रुसी सेनामा हाल कार्यरतहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न भन्दै विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले ज्ञापनपत्र बुझाएको हो ।

पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी स‌योजक कृतु भण्डारीले हालसम्म रुसी सेनामा भएका ६१८ जना परिवारको विवरण संकलन गरिएको बताएकी छन् ।

उनका अनुसार हालसम्म मृत्यु भएका १९, घाइते ११६, वेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका २७२ र परिवारको सम्पर्कमा रहेका समेत गरी ६३० जना भन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत छन् ।

Published on: 6 March 2024 | Onlinekhabar

Link

Back to list

;