s

रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु, मृतकको संख्या ७ पुग्यो

काठमाडौँ — रुसी सेनामा गएका थप एक नेपालीको युक्रेनसँगको युद्धको क्रममा मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कुन्दन सिंह नागलको मृत्यु भएको उल्लेख गरेको हो ।

योसँगै रुसी सेनामा भर्ती भएर युद्धमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । यसअघि मन्त्रालयले ६ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयका अनुसार नागलको राहदानी नम्बर ०९४७३६३२ रहेको छ ।

Published on: 21 December 2023 | Kantipur

Link

Back to list

;