s

रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन

जाजरकोट, चैत २ गते । रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ शोकमग्न बनेको छ ।

Published on: 18 March 2024 | Gorkhapatra

Link

Back to list

;